वास्तविक धोका कसलाई भयो ?

एउटा शहरमा एकजना एकदम गरीब मजदुर थियो तर उ मनको धनि थियो ।उसको एउटी एकदम प्यारी छोरी थिई । जो आफ्नो बुबालाई धेरै माया गर्थी र बुबा पनि उसलाई आफूभन्दा बढी माया गर्दथ्यो । उसको हरेक इच्छा पुरा गर्दिन्थ्यो । चाहे उसलाई जति पनि मजदुरी गर्न परोस् । बिस्तारै बिस्तारै दिन बित्दै गयो र छोरी पनि तरुनी भइ सकेकी थिई । उसको छोरीको बच्चै देखि डक्टर बन्ने सपना थियो । र उसको बुबा उसलाई सधै हौसला दिन्थ्यो तिमी ठूली भएपछि एकदिन अवश्य डक्टर बन्ने छ्यौ । छोरीले १२ कक्षाको परीक्षा दिएकी थिई बुबा मजदुरी गर्न गएको थियो छोरीको १२ कक्षाको नतिजा आयो । उ पुरै जिल्लामा प्रथम श्रेणीमा आइछ । बेलुका उसको बुबा घरमा आए छोरीले तुरन्त आफ्नो बुबालाई रिजल्ट देखाइन । यो थाहा पाएपछि उसको बुबाको खुसीको सीमानै रहेन । उसले आफ्नी छोरीलाई भन्यो छोरी आज तिमीले जे माग्ने छ्यौ म तिमीलाई जसरी भएपनि ल्याएर दिनेछु । भन तिमीलाई के चाहियो ? बुबा आज मैले बजारमा २ हजार रुपैया पर्ने एउटा अत्यन्त राम्रो शुट देखेकी थिएँ , त्यो किन्दीनुस् । उसको बुबाले आफ्नो सबै पैसा गन्दा खेरी ३०० रुपैया कम निस्कीयो । तर उसले जसोतसो गरी छोरीलाई नभनिक...