उनी मलाई नै नियालीरहेकी होलिन् ।
उनी मलाई नै नियालीरहेकी होलिन् ।
एक
दिनको कुरा हो, म कलेजको प्राङगणमा साथीहरुसंग घाम तापेर बसीरहेको
थिएँ । त्यसै क्रममा मेरो नजर सेक्सन ‘D’ को
झ्यालतिर पुग्यो त्यो झ्यालमा मैले अत्यन्त राम्री साथी देखेँ आफू सेक्सन ‘F’ को थिएँ । जब मैले उनलाई देखे मेरो मन उनीतिर मात्र
गइरह्यो । खै मेरो मन तन किन उनीतिर मात्र गइरहेको थियो म आफैलाई समेत थाहाँ थिएन्
। साहेद जीवनमा कहिल्यै पनि यस्तो भएको थिएन् । एकै नजरमा मैले उनलाई त्यति धेरै
किन मन पराएँ ?
मेरो सोचाइ खाली उनीतिर मात्र भयो । मेरो पाराले
मेरो साथीहरु पनि दिक्क भइसकेका रहेछन । किन हो पढाइमा पनि ध्यान जान छोडिसकेको
थियो । मैले आफूलाई नियन्त्रण गर्न नसकेर साथीहरु मार्फत उनको नाम जान्न इच्छा गरे
। मेरा साथीहरुले पनि मलाई प्रेम गर्ने भएको कारण उनको नाम सोधेर मलाई सुनाए ।
उनको नाम साच्चै कति राम्रो रहेछ कविता रहेछ उनको नाम ।
मेरो
मन मस्तिस्क खाली अब त उनीतिरै जान्थ्यो । बिहान होस् या दिउसो, सुत्दा होस् या उठ्दा म त उनलाई नै देख्न थालेको
थिएँ । कलेज जादाँ होस या कलेजको प्र्राङगणमा साथीहरुसंग घाम तापेर बसेको अवस्थामा
खाली यो मनले उनलाई नै देख्न चाहन्थ्यो । यसरी
म उनको निम्ति एक प्रकारको पागल नै भइसकेको थिएँ । एक दिन उनलाई नदेख्दा मैले
सबैकुरा गुमाएको महसुस गर्न थालिसकेको थिएँ । एकदिनको कुरा हो मैले मेरो प्यारो
साथी दिनेशलाई उनलाई मैले मन पराउने कुरा व्याक्त गर्न लगाएँ । मेरो साथी दिनेश
सेक्सन ‘D’ तर्फ लाग्ने
क्रममा मनमा एक किसीमको डर र त्रास उत्पन्न हुनुको साथै मनमा खुल्दुलि भइरहेको
थियो । साथी दिनेश सेक्सन ‘D’ मा रहेर कुरा गर्ने क्रममा उनको नजर बारम्बाम्बार म
तिर परिरहेको थियो । जब साथी दिनेस सेक्सन ‘D’ बाट
निस्कीयो तब मेरो मन उनले दिएको विचार सुन्न तर्फ आतुर भइरहेको थियो । मैले
साथीलाई हत्तार हत्तार मा के भनिन् भनेर सोधेँ उसले मलाई हेरेर केहि पनि जवाफ
दिएन् । मलाई छटपटी हुन थाल्यो, मैले
फेरी पनि सोधे के भनिन ? उसले हाँसेर भन्यो त किन आत्तिएको कविताले तलाई कुनै
नराम्रो प्रतिकृया दिएकी छैन मैले तेरो मोबायल नम्बर दिएको छु । मैले सोधेँ तैले
उनको नम्बर ल्याइनस् ?
अँ
ल्याएको छु भन्दै उसले मलाई उनको नम्बर दियो । मेरो मनमा झन नयाँ तरङ्ग आउन लाग्यो
। तर मोबायल नम्बर आफ्नो हातमा परिसके पछि मैले कुन समयमा उनीलाई फोन गर्ने भन्ने
कुराको अड्कल गर्न सकिन र माया भए उनी आफूले पनि गरिहाल्छीन नि भन्ने लाग्थ्यो ।
उनको फोनको प्रतिक्षा गरिरहेको हुन्थे तर उनले बेलुकासम्म फोन गरीनन् किन हो
कुन्नी । म आफैले फोन गर्नुपर्ने भयो । म आफैले नम्बर डायल गरे खै किन हो कुन्नी
मनमा केहि मात्रामा डर डर जस्तो भइरहेको थियो । करीब ४–५ को कल रिङ्ग पछि उनले फोन रिसीभ गरिन् । जब उनको
स्वर पहिलो पट्क सुन्ने अवसर पाएँ मैले के बोल्नुपर्ने हो सबै कुरा भुलिसकेको थिएँ
। उनले हेल्लो हेल्लो मात्र भनीन् तर म के भन्ने भनेर कुरा नै सोच्न सकेको थिएन, मैले पनि हेल्लो मात्र भनिरहे र उनले हास्दै भनिन्
किन नबोल्नु भएको ? म अझै पनि अकमक्क परिरहे खै बोल्न पनि आट आएको थिएन्
। उनले नै मलाई कल गरीन, मैले पनि फोन रिसीभ गरे । उनले पुनः हास्दै भनिन
तपाई मलाई माया गर्नुहुन्छ रे होइन् ? मैले
पनि हो भने । म मा त्यस्तो के गुण छ र मलाई माया गर्नुहुन्छ भनेर उनले सोधिन् ।
मैले उत्तर दिएँ मैले तिमीलाई सुरुमा देखेदेखि नै पन पराएँ अनि माया गर्न थाले खै
पहिलो नजरमा जब तिमीलाई देखे अनि त मैले तिम्रो बारेमा नै सोच्न थाले । तब उनले
मलाई भनिन् मानिसको बाहिरी आवरण देखेर प्रेम गर्ने मानिस वास्तवमा भित्री रुपमा
अन्धो हुन्छ, यदि म खराब केटी रहेछु भने के तपाई मलाई निरन्तर
माया गरिरहनु हुन्छ ? मैले भने मैले जब सधै नियाले र याद गरे तिमीमा
त्यस्तो केहि नराम्रो गुण लागेन् खै मलाई तिम्रो हरेक कृयाकलाप मन परेको कारण मैले
तिमीलाई मन पराएको हुँ । आजको यो उमेरसम्ममा मैले पहिलो पटक तिमीलाई मन पराएको छु
। साहेद मलाई लाग्छ मलाई मन नपर्ने गुण तिमीमा छैन् । उनले भनिन् मैले पनि तपाईको
बारेमा साथी शिवानी संग धेरै कुराहरु बुझेको थिएँ उसले तपाइको बारेमा धेरै कुराहरु
भनेकी थिई, शिवानी स्कुलमा तपाई संगै पढेको रे हैन त ? मैले पनि हो भने साच्चै नै शिवानी म संग नै पढेकी
थिई भने । उनले मलाई भनिन् मैले बुझे अनुसार मलाई मन पर्ने गुण सबै तपाइमा पाएँ ।
मैले पनि तपाइलाई मन पराउन थालीसकेको छु । म त तपाइलाई जीवन भरी साथ दिन तयार छु ।
मेरो त खुसीको सीमा नै रहेन् पहिलो प्रेम र सफल प्रेम भएकोले म त खुसीले
एकप्रकारको पागलसरी नै भएको थिएँ । मैले उनलाई हामी संगै भेटेर गफ गरौन भनेर
प्रश्ताव राखे । उनले पनि भोलि दिउसो २ः०० भानू पार्कमा भेट्ने भनिन् । लौ त त्यसै
गरौ भनेर फोन बाट हामी बिदा भयौ ।
मलाई
कहिले भोलि होला र उनलाई भटौला भनेर छटपटी भइरहेको थियो । उनको याँद र मायाले मलाई
झन सताउन थालेको थियो । तर आफ्नो पहिलो प्रेम सफल भएकोमा होला त्यो एउटा गीतलाई
मेरो मनले गुनगुनाई रहेको छ “आज मन
उडेर भाग्छ किन मलाई यस्तो लाग्छ, उनकै
नजिक जाउँ उनिसँगै माया लाउँ” हो
साच्चै यो गीत पनि मेरै निम्ति बनाइएको जस्तो लागेको छ किन किन आज मैले आफुलाई
एकदमै सफल महसूस गरेको छु । तर म भोलीको प्रतिक्षामा छु । उनको र मेरो सुनौलो भेट
मात्र उनको र मेरो भेट सम्झदाँ पनि कति रमाइलो छ त्यो क्षण ।
रात
परेपछि बिहानी त आइहाल्छ । हो त्यस्तै भयो र बिहानी पनि आयो
बिहानको
नित्यकर्म पश्चात आफ्नो कलेज पुगेँ साथीहरुसंग रमाइलो कुराकानी भयो । मैले सेक्सन ‘D’ तिर पनि नजर लगाएँ, उनी
पनि मलाई नदेखेजस्तो गरी बसेकी थिइन् । कलेजको अध्यायन पश्चात घर पुगेँ र खाना
खाएँ बाबा र दाईलाई आज म साथीहरुसं स्वयम्भु तिर घुम्न जान्छु भनेँ तर बाबाले मेरो
कुरालाई अस्वीकार गर्नुभयो र दाईले अब त ठूलो भइसक्यो जान्छु भनेको ठाउमा जाओस् तर
बिग्रेर नहिडोस् कहिलेकाहि घुमफिर पनि गर्नुपर्छ नि बाबा ! भनेर बाबालाई सम्झाइ
दिनुभयो । त्यसपछी मात्र बाबाले पनि मलाई घुम्नको लागि अनुमति दिनुभयो ।
अब
मेरो तयारी भनेको दिउसो २ः०० बजेको हो । मलाई अब उनलाई भेटनको लागी तयारी हुनु
थियो । म उनको पर्खाइमा १ः०० बजे नै पार्कमा पुगेको थिएँ । उनलाई भेट्नको आतुर पनि
भइरहेको थियो । मात्र उनको पर्खाइमै बस्दा बस्तै करीब १ः३० बजे तिर मैले उनीलाई
टाढाबाट आइरहेकी देखे । मेरो मन ज्यादै खुसी भइरहेको थियो, टाढैबाट उनी पनि मुस्कुराउदै आइरहेकी थिइन् । सेतो
कुर्ता, रातो सुरुवाल, रातो सल
र पाउमा हिल लगाएकी मेरी मायालु खै किन हो पहिलाको भन्दा झन आकर्षक र राम्री देखे
। उनी आइन र मेरो अगाडि उभिइन् मैले बस्नको लागि आग्रह गरे । उनी मेरो छेउमा बसीन्
र कतिबेला आउनुभएको थियो ? भनेर उनले प्रश्न गरीन् । मैले उत्तर दिएँ १ः०० बजे
नै आईपुगेको थिएँ । उनी नबोली बसीन् मैले भने किन नबोलेकी बोल न । उनले भनिन खै म
के बोलौ तपाइ बोल्नुस न ! म पनि उनको अगाडी अकमक्क नै परिरहे । खै बाटोमा त के के
भनौला भनेर सोचीरहेको थिएँ तर उनको अगाडि परेपछि त सबै नै भुले । उनलाई खाजा खान
जाउन त भनेर भन्दा भर्खरै खाएर मात्र हिडेको भनिन् । उनले भनिन् केहि त बोल्नुस् ।
अनि मैले आफ्नो भावना व्याक्त गरे नानु म तिमीलाई धेरै माया गर्छु ? उनले पनि भनिन् म पनि तपाईलाई धेरै माया गर्छु ।
कविता तिमीलाई म नानु भनेर बोलाउछु है । उनले पनि हवस् भनिन् । मेरी नानु मैले
आजको उमेरसम्ममा पहिलो पटक तिमीलाई मन पराएको छु र माया गरेको छु मलाई सधै माया
गरीरहनु है । मैले पनि तपाइलाई नै मन पराएको छु मलाई कहिल्यै धोका नदिनुहोस् है ।
म आज तिम्रो र मेरो यो पबित्र पे्रमको कसम खाएर भन्छु तिमी बाहेक अरु कसैसंग पनि म
कल्पना समेत गर्दिन् । उनले पनि त्यसै भनिन र आई लभ यू भन्दै अगांलोमा मलाई बाधिन्
। कति अचम्म र कति पागल रहेछ हाम्रो प्रेम पहिलो नजरमा नै एकले अर्कालाई मन पराउनु
र एक भेटमै बाचा कसम खानु र एक अर्काको अंगालोमा बाधिनु । कस्तो अचम्मको हाम्रो यो
पवित्र प्रेम । कुरा गर्दै जादाँ समय निकै बितीसकेको थियो र साझ पनि पर्न
लागीसकेको थियो तर पनि यो मनले त्यो मन र त्यो मनले यो मनलाई छोडन पटक्कै मानेको
थिएन । नचाहदा नचाहदै पनि हामी छुटन बाध्य थियौ । भोलि कलेजमा भेट्ने भनि हामी
आफ्नो आफ्नो बाटो लाग्यौ ।
अब
आफूपनि उनकै निर्मीत बाच्नुपर्छ भन्ने लाग्न थाल्यो यो शरिर पनि मेरो निर्मीत्त
नभई उनकै हो भन्ने लाग्न थाल्यो । उनलाई एकदिन नभेटदा पनि खै आफ्ने सास नै
रोक्कीन्छ जस्तो लाग्न थालेको थियो । हाम्रो दिउसो भेट मात्र हुदैनथ्यो बेलुका
फोनमा पनि कुराकानी हुन्थ्यो । उनलाई पनि रातमा मेरो स्वर नसुनिकन निन्द्रा
लाग्दैन भन्थीन र रातको सबै कुराकानी भइसकेपछि हामी पुनः भोली भेटने ल भन्दै कुरा
टुङ्ग्याउथ्यौ ।
खाली
आफ्नो अगाडि उनलाई राखेर बस्न पाए पनि कति रमाइलो हुनेथियो जस्तो लाग्थ्यो । सधै
भेट हदाँ उनी आफ्नो शीर मेरो काखमा राखेर मीठो मीठो कुरा गदै मुस्कुराइ रहन्थिन् म
पनि उनको कुरालाई सुन्दै उनीसंगै मुस्कुराइदिन्थे यो आँखाले त्यो आखामा हेर्दा
छुट्टै आनन्दको महसुस हुने गर्दथ्यो । हामी संगै बस्नको निम्ति निकै आतुर भइसकेका
थियौ । म तपाइलाई सधै आफ्नै अगाडि देख्न चाहन्छु हामी संगै बसौ न । नानु हामी संगै
कसरी बस्न सक्छौ र ? हाम्रो बिवाह गर्ने उमेर पनि भएको छैन यदि बिवाह
गर्ने उमेरै भए तापनि पारिवारीक बन्धनले गर्दा पनि यो सम्भव छैन त्यसमा पनि मेरो
दाईको समेत बिहे भएको छैन् । के गरौ तिमी आफै भनन ।
त्यसो
भए हामी कुनै नयाँ ठाउमा भागेर जाउ न भनेर उनले भनिन् ।
मैले
उनलाई सम्झाएँ, नानु कुनै नयाँ ठाँउमा भागेर जानको निम्ति मेरो न त
कुनै जागीर छ ! न त कुनै सीप नै मैले तिमीलाई कसरी खुसी राख्न सकौला, तिमी आफै सोच त ।
उनीले
भनिन् मलाई सधै माया गरिरहनुस है ।
मैले
भने नानु यो तिमीले भनिरहनु पर्ने कुरा हैन बाबा ।
एक
अर्कालाई भेट्ने र गफ गर्ने त हाम्रो दैनिकी नै भइसकेको थियो । हामीले अरु कुराहरु
सोच्न समेत भुलिसकेका थियौ । मात्र एक अर्कामा समर्पित रहेर जीउन पाए हुन्थ्यो
जस्तो लागेको थियो । एक अर्कामा गहिरो प्रेम बसे पनि हाम्रो भबिश्य बनाउने हाम्रो
पढाईमा बाधा भइरहेको महसुस हुन थालेको थियो र भएको थियो पनि । मैले नानुलाई यो
कुरा गरे । उनले पनि महसुस गरेकी रहिछन् । हामी एक अर्कालाई नभेटी रहन सक्दैनथ्यौ
त्यसैले अबको भेटमा हामी पुस्तक पनि साथमा लिएर उपस्थित हुने निर्णय गर्यौ । अब
भने घरबाट बाहिर निस्कने बाहना पनि भयो कता जान लागेको भन्दा साथीको घरमा पढाइको
बिषयमा छलफल गर्न । पहिलाको जस्तो अनेक बाहना बनाइ रहनु नपर्ने भयो ।
हामी
साथमा पुस्तक लिएर उपस्थीत हुन थालेका थियौ र पढ्न पनि थालेका थियौ तर के गर्ने
पढ्दै एक अर्कालाई हेर्दै भविश्यका कुराहरु गर्न थालिहाल्थ्यौ र पुनः पुस्तक तिर
नजर लगाउथ्यौ । यसरी नै हाम्रो दैनिकी बितीरहेको थियो ।
एक
दिनको कुरा हो । म हामी सधै भेट्ने गरेको पार्कमा पुगे । तर उनिलाई देखिन । आज किन
आइनन् भन्ने कुराले मलाई तड्पायो । मोबायलमा पनि स्वीच अफ गरिएको थियो । मलाई पिडा
हुनथाल्यो म उनको उनको प्रतिक्षामा करीब पाँच घण्टासम्म बसीरहे तर पनि उनी आइनन् ।
चौध पन्द्र दिनम्म मैले उनलाई यसरी नै प्रतिक्षा गरीरहे । मैले उनलाई कल गरे फोन
लाग्यो मेरो मन साह्रै खुसी भयो र । उनले फोन रीसीभ गरिन र के भयो किन फोन गरेको ? भनेर झोक्कीइन् । म एक्कास्सी छाङ्खाबाट खसेको जस्तो
भए । को बोल्नु भएको यो नम्बर कविताको होइन भनेर मैले सोधे उनले म कविता नै हो
मेरो नम्बर कहाँबाट पायाै ?
म
त पागल जस्तो भएँ । मैले भनेँ तिम्रो यो कस्तो नाटक हो , तिमीले के गर्न खोजेको ?
उनले
भनिन्, मलाई अरु केहि थाहाँ छैन म मेरो ब्याय फ्रेन्डसंग छु
डिस्टब गर्ने कोसीस् नगर । मैले तिमीलाई चिनेको छैन् भन्दै र भक्कानिदै फोन राखिन्
। मलाई धोका दिनुको कारण सोध्न इच्छा गरेर मैले पुनः फोन गरे मेरो फोन उठाएर तिमी
मलाई माया गर्छौ हैन ? भनेर प्र्र्रश्न गरीन मैले पनि त्यो त तिमीलाई नै
थाहाँ छनी नानु भने । खै किन हो उनि रुन थालिन मैले आपूmलाई नियन्त्रण गर्न सकिन म पनि उनिसंगै रुन थाले ।
उनिले भनिन हजुर मलाई माया गर्नुहुन्छ भने मलाई अब फोन नगर्नुस है । मैले भने किन
नानु मैले के गल्ती गरे र मलाई यस्तो सजाए दिइरहेकी छ्यौ । उनले भनिन अरुलाई नै
माया गर्न थालेको छु त्यसैले । उनको त्यो बोलीले जे बोलेता पनि मनले त्यो
बोलीरहेको छैन भन्ने कुरा मैले बुभेको थिएँ । मैले तिमीलाई मेरो कसम भन्दा पनि
उनले भन्न चाहिनन् मात्र रोइरिहन । ठिक छ त्यसोभए तिमीले मलाई वास्तविकता भन्दैनौ
भने मेरो पनि यो बोली अन्तीम हो र म तिम्रो लागि बाचेको थिएँ अब तिमी नै मलाई हेला
गर्छौ भने म पनि आजै आत्म हत्या गर्ने छु । उनी कहाल्लिदै त्यसो नगर्नुंस भन्दै झन
रुन थालिन् र हामी पहिले कै ठाउमा भेटौ है हजुर । आजलाई बिदा भन्दै फोन राखिदिइन् ।
किन
हो उनको बोली बारम्बार परिवर्तन भइरहेको थियो कहिले झोक्कीदै तिमी भन्ने कहिले
तपाई र कहिले हजुर । आजभन्दा पहिले मलाई नत तिमी भनिन् नत हजुर नै नत कहिल्यै
यस्तो भएको थियो ।
मलाई
खै पिडामात्र भइरहेको थियो र म अब भोलिको प्रतिक्षामा बसेको थिएँ ।
भोलिपल्ट
१ः०० बजे म हामीले भेट्ने गरेको पार्कमा पुगेँ । उनी पनि आइन् तर उनलाई मैले
पहिलाको जस्तो अवस्थामा देख्न सकिन् खेै उनी साह्रै निराश देखिएकी थिइन् । ती कोमल
ओठमा देखिने मुस्कुरावट आज थिएन मलाई यस कुराले दुखी बनायो । उनी नजिकै आइन् र
बरबर आँशु झारेर मलाइ्र्र अंगालोमा बाधेर रुन थालिन् । उनको रुवाइ मेरो लागि असहय
भयो र म पनि उनलाई के भयो भनि रुन थालेँ तर उनले जवाफ दिइनन् । म पनि उनको साथमा
रुन थालेँ । केहि समय पछि हामी दुबै जना केहि समय पछि समालियौ तर उनी रुनुको कारण
मैले अझ पनि बुझ्न सकेको थिएन् । उनले भनीन् म हजुरलाई छाड्न चाहन्न म हजुरसंगै
बाँच्न चाहन्छु । मैले तिम्रो कुरा बुझ्न सकेको छैन् तिम्रो बोलीपनि बारम्बार किन
परिवर्तन भइरहेको छ ? उनले भनिन् मैले हजुरलाई कुरा लुकाउन चाहेता पनि
सकिरहेको छैन् मैले हजुरबाट टाढीन खोज्दा हजुरले नै आफू आत्महत्या गर्छू भन्नुभयो
म हजुलाई वास्तविकता भन्न पनि कसरी भनौ ? मैले
भन भनेँ तर उनले मान्दै मानिनन् मैले पुनः तिमीलाई मेरो कसम भनेपछि मात्र उनले
मलाई यसो भनिन् । हजुरले आफूलाई सम्हाल्न सक्नुपर्छ मैले भने केहो भन म आफूलाई
सम्हाल्ने छू, भन के हो ? उनले
रुदै भनिन् म हजुरबाट सधैको लागि टाढा हुदैछू मलाई ब्लड क्यान्सर भएको छ । मेरो
मनमा अचानक ठूलो बज्रपात भयो यस्ते कुरा सुनेर मैले सर्वस्व गुमाए जस्तो लाग्यो म
चिच्याएर रोएँ । मेरो त होस् नै हराइसकेको थियो । म एक प्रकारको पागल सरी नै भएँ ।
उनले मलाई भनिन् म त बिरामी छु हजुरले नै यसरी बस्नुभयो भने मैले कोबाट सान्तवना
पाउने । मैले जसोतसो आफूलाई नियन्त्रण गर्न चाहेँ । मैले उनीबिना को जीवनलाई
व्यर्थ ठानेँ र आफू पनि उनकै साथमा जिउने र उनकै साथमा मर्ने कुरा मेरो मनमा आयो र
मैले उनलाई भनेँ पनि तर यो कुरा उनलाई स्वीकार भएन् । म चाहेर पनि बाच्न पाएकी छैन
हजुर भने यो सुन्दर जीवनलाई किन व्यार्थ फाल्न चाहनुहुन्छ ? मैले भने तिमी विनाको जीवन के जीवन जो बाचेर पनि
मरेतुल्य छ तिमीलाई गुमाउनु नै मैले यो संसार गुमाउनु हो त्यसैले म तिमीबिना
बाँच्नु बेकार छ ।
हाम्रो
दैनिकी सधै एक अर्कासंग भेट्नु थियो । मैले उनलाई सान्तवना दिनको निम्ति नयाँ र नौलो ठाउँ घुमाउने गर्दथे । तर उनमा अझ पीडामात्र
थपिन्थ्यो । रमाइलो र नौलो वातावरण देख्ने वितिकै उनी भक्कानिदै रुन थाल्थिन् किन
रोएकी भनेर प्रश्न गर्दा अब म यो ठाउँ देख्न पाउदिन्, म यस ठाउलाई पनि छाडेर जादैछु । यस्तै कुरा गरेर उनी
रोइरहेकी हुन्थिन् । कतै घुमाउन नलैजाउ भने पनि उनलाई आफ्नो रोगको र आफ्नो अन्त्य
नजिक भएको पीडाले झन ज्यादा रुन थाल्थिन् । त्यसैले उनीलाई घुम्न नै लैजाने गरेको
थिएँ, एकदिन घुम्ने क्रममा हामी भक्तपुरको कमल पोखरी तिर
घुम्न गयौ । पोखरी पनि निकै ठुलो थियो त्यहाँको वरपरको वातावरण पनि निकै राम्रो
थियो, मेरी नानु पनि निकै खुसी थिइन् । उनले अब भने हास्न
र रमाउन थालेकी थिइन् । त्यस पोखरीमा धेरै माछा थिए । उनले त्यहाँ माछाहरुलाई
खुवाँउनको निम्ति मस्यौरा किनीन र उनले र मैलै माछाहरुलाई मस्यौरा हालिदियौ
माछाहरु पनि धेरै जम्मा हुन्थे र लुछाचुडि गरेर खाने गर्दथे । बेला बेलामा उनलाई
दुखी भएको देख्थे र उनले मलाई देख्ने बितिकै हास्थीन र खुसी भएको जस्तो गर्थिन् ।
बाटो
हिड्दाँ होस या घुमफिर पश्चात होस् उनी मत मरीहाल्छु तपाई के गर्नुहुन्छ ? म सकभर उनीबाट त्यस्तो सुन्न चाहदैनथेँ तर के गर्नु
मैले नसुने पनि उनको मृत्यु टर्ने थिएन् । तर मलाई उनीबिनाको जीवन व्यर्थ छ जस्तो
लागिसकेको थियो त्यसैले म पनि उनकै साथमा जिउने र साथमै मर्ने योजना बनाएको थिएँ र
उनलाई मेरो बिचार व्याक्त गरेँ तर यो कुरालाई अस्वीकार गरिन् र भनिन् हजुरले यस्तो
भन्न मिल्दैन् मेरा बाबा आमा पनि मलाई गुमाउन चाहनुहुन्थेन् तर निर्दयी दैबले मलाई
बाबा आमाबाट साथ छुटाइदिन आट्यो, हजुरले
आफ्नो लागी नभए पनि आफ्नो बाबाआमाको निम्ति बाँच्नु पर्छ, हेर्नुस् जीन्दगीमा आफ्नो खुसीको लागि नभई अरुको खुसीको लागि बाँच्न सक्नुपर्छ तपाई मेरो साथमा
मृत्यु भोगेर न त म खुसी हुन सक्छु न त अरु कोहि नै । तपाई अरुको लागि भएपनि
बाँच्नुपर्छ हजुर ।
उनले
भनेको कुरा हुन पनि हो जस्तो लाग्यो तर उनी विनाको जिन्दगी कल्पना गर्न समेत मैले
सकेको थिएन् ।
उनले
पुनः भनिन् मेरो मृत्यु पश्चात पनि म हजुरको वरीपरी हुने छु म हजुरलाई कुनै बाधा
दिनेछैन तर त्यतिबेला पनि हजुरलाई मैले दुखी देखे भने म साह्रै दुखी हुने छु
त्यसैले हजुरले सधै खुसी रहनुस् है ।
उनको
यस्तो कुरा सुनेर मेरो अाँखाबाट अाँशु आउन थाले र मैले आफूलाई नियन्त्रण गर्न नसकी
धेरै रोएँ । उनी पनि म सगैं रुन थालिन् । केहि समय पछि हामी दुबैजना सम्हालियौ ।
खै
के गर्ने दैवले नै सबैलाई लुट्दो रहेछ । मात्र उनि आफ्नो मृत्युलाई पर्खीरहेकी
थिइन र म पनि आफ्नो दुर्भाग्यलाई ।
उनको
मृत्यु पश्चातको जिन्दगीको सम्झनाले बारम्बार तड्पाउछ के गर्नु खै कसरी आफूलाई
कसरी सम्हाल्ने हो थाहा छैन् । तर मानिसको जिन्दगी भएपछि नचाहदा नचाहदै
हास्नुपर्ने रहेछ उनले भनेको जस्तै आफ्नो निम्ति नभए पनि अरुको निम्ती नचाहेरै
बाँच्नु पर्ने रहेछ, हुन पनि हो जस्तो लाग्यो यदि मैले पनि उनको साथमै
मृत्युलाई अंगाल्ने हो भने मेरी आमाले आफूले पनि जिन्दगी भरि मलाई सम्झेर तड्पिनु
हुनेछ । मेरा बाबालाई पनि पिडा हुनेछ र मेरो दाईले पनि साहेद मेरो कारणले धेरै
चिन्तामा पर्नु पर्ला । मेरी नानुले यो सबै मेरो परीवारको लागी भनेकी हुन् । तर जे
होस् उनिसंग खाँएको बाचा म कहिल्यै पनि तोड्ने छैन । मेरो जिवनमा मात्र उनि थिइन्
र उनि नै रहन्छीन् । मेरी नानुको इच्छा म बाँच्नुपर्ने हो भने म उनको मृत्युको
बियोगमा बाँच्नु परेपनि म बाँच्नेछु । भन्ने कुरा मनमा लाग्न थाल्यो ।
बाँचुञ्जेल
म उनीमा समर्पित हुन चाहन्थेँ र उनको पछिनै लाग्न चाहन्थेँ र मैले पनि उनलाई साथ
निरन्तर दिइरहेँ । एकदिनको कुरा हो उनले मेरो काखमा शीर राखेर भनिन हाम्रा कति
धेरै सपनाहरु थिए ती सबै चक्नाचुर भयो है । मैले भने नानु भैगो ति कुराहरुलाई
सम्झेर किन आफूलाई दुखी बनाउछ्यौ । उनले भनिन् खै किन हो मलाई यो अवस्था भएतापनि
हाम्रो बाँचा पुरा गरेर मात्र मर्न मन लागेको छ हजुर । मैले भने के कुरा हो भनन् ।
उनले भनिन हाम्रो विवाह, मैले हजुरसंग विवाह गरेभने त स्वर्गमा गएर पनि मेरो
श्रीमान भनेर हजुरको खुब बयान गर्न पाउथेँ । म त उनको कुरा सुनेर अलमल्ल परे तर के
गर्नु उनको इच्छा पुरा गर्ने पनि अहिल्यै त होनी जस्तो लागेर मैले पनि उनको खुसीको
निम्ती उनको इच्छा पुरा गर्नको निम्ति विवाहको लागी स्वीकार गरे र हामीले मन्दिरमा
गएर विवाह पनि सम्पन्न गर्यौ । यो कुरा नत उनका बाबा ममीलाई थाँहा थियो ! नत मेरा
बाबाआमालाई । मात्र हाम्रो विवाह भयो । त्यस दिन देखी हामी पति र पत्नी भयौ । उनको
अाँखामा खुसीको आशु थियो र त्यहि नै मेरो सन्तुष्टि थीयो । मेरी नानुको फेसमा
रमाइरहेको हासोले गर्दा मैले उनलाई एकोहोरो हेरीरहे । हामी दुबैजनाले विवाह गरेको
कुरा उनले आफ्नो बाबा ममीलाई पनि भनिन् । खै उनको बाबाले पनि भन्नुभयो, हो र बाबा ठीकै छ तिम्रो इच्छा गर । छोरी ! ज्वाइलाई
पनि आज हाम्रो घरमा लिएर आउ है भनेर उनको बाबाले भन्नुभयो तर मैले अस्वीकार गरेको
थिएँ । उनले भनीन के तपाई मेरो यति बचन पनि मान्नुहुन्न ? मैले उनले भनेको कुरालाई हार माने र उनकै पछि लागे ।
उनको घरमा पुगेँ उनका बाबाले पनि मलाई बिशेष सत्कार गर्नुभयो र भन्नुभयो । मेरी
छोरी को खुसी नै तपाई हुनुहुन्छ । बाबु तपाईले उसलाई हाम्रो भन्दा पनि राम्रो खुसी
दिनुभएको छ । उ यो संसार छाडेर जादै छे उसलाई बाचुञ्जेल खुसी दिनुहोस है ।
मैले
मेरो मुखबाट कुनै शब्दनै निस्केन । मैले उहाँलाई हेरीरहेँ । उहाँ एकाएक रुन
थाल्नुभयो । म पनि उहाँलाई सान्तवना दिन थालेँ । उनको मृत्यु हुने कुराले परिवार
नै पिडाले छट्पटिएको थियो । त्यहि दिनमा उनी अचानक मुर्छिएर ढलिन् । हामीले
तुररुन्तै उनीलाई एम्बुलेन्समा लीएर गयौ तर के गर्नु हस्पीटल पुग्नु पुर्वनै उनलाई
सधाको निम्ति दैबले लगिसकेछ । मैले त संसार नै गुमाएँ म पनि बेहोस भएछु र मेरी
सासु पनि बेहोस हुनुभएछ । बेहोसीबाट बिउझीदा मेरो बाबा, आमा, दाई पनि
मेरो साथमा हस्पीटलमा हुनुहुदो रहेछ । मेरा ससुरा, सासु, जेठान सबैजना शोकमग्न र छेवैमा उनको लास थियो । मेरा
बाबा आमालाई पनि उनको र मेरो बिवाह समेत भएको कुरा सासु र शसुरा बाट थाहाँ भइसकेको
रहेछ ।
मेरी
आमाले मेरो छेवैमा आएर रुदै भन्नुभयो बाबु जे हुनु भइगयो अब पिर मानेर के गर्छौ ।
तिमीले धेरै पिर गर्न थाल्यौ भने म पनि मरेतुल्य हुन्छु । बाबाले पनि सुमसुम्याउदै
पीर नगर छोरा दैबको लिला नै यस्तै छ भन्नुभयो । दाईले हेरीमात्र रहनुभयो तर केहि
पनि बोल्नुभएन ।
तर
मानिसको जिन्दगी भएपछि नचाहदाँ नचाहदै हाँस्नुपर्ने रहेछ उनले भनेको जस्तै आफ्नो
निम्ति नभए पनि अरुको निम्ती नचाहेरै बाँच्नु पर्ने रहेछ, हुन पनि हो जस्तो लाग्यो यदि मैले पनि उनको साथमै
मृत्युलाई अंगाल्ने हो भने मेरी आमाले आफूले पनि जिन्दगी भरि मलाई सम्झेर तड्पिनु
हुनेछ । मेरा बाबालाई पनि पिडा हुनेछ र मेरो दाईले पनि साहेद मेरो कारणले धेरै
चिन्तामा पर्नु पर्ला । मेरी नानुले यो सबै मेरो परीवारको लागि भनेकी हुन । तर जे
होस् उनिसंग खाएको बाचा म कहिल्यै पनि तोड्ने छैन । मेरो जीवमा मात्र उनी थिइन् र
उनि नै रहन्छीन् । मेरी नानुको इच्छा म बाँच्नुपर्ने हो भने म उनको मृत्युको
बियोगमा बाँच्नु परेपनि म बाँच्नेछु । भन्ने कुरा मनमा लाग्न थाल्यो । जानेले
छोडेर गएपनि पर्खाइमा बस्नेले मुटु बाधेर बस्नु पर्ने रहेछ आफ्नो लागि नभई अरुको
निम्ति बाँच्नु पर्ने रहेछ । आज मेरो परिवार समाज र साथीको लागी मुटुमामाथि ढुङगा
राखी हास्नु परेको छ । मेरी आमा बाबा र दाईलाई मेरो मृत्युले पिडा नहुने भएको भए
साहेद म उनको साथमा नै मृत्युलाई रोज्थे । पलपल उनको याँदले तड्पाउछ । चाहेर पनि
भुल्न सक्दिन उनलाई साहेद उनको शरीर मेरो साथमा नभएपनि उनको आत्मा मेरो वरपर
घुमीरहेको होला । उनी मलाई नै नियालीरहेकी होलिन् । मेरी नानुको निम्ति मेरो यति
लेख मार्फत हार्दिक श्रदाञ्जली ।
ओमकार आशुतोष
Story Ramro Lagyo. Yesto Kasai ko jivan ma pani naparos.
ReplyDelete