नेपालको इतिहास सम्बन्धि सामान्य ज्ञान-भाग १
==================================
==================================

लिच्छविकालमा प्रधानमन्त्रीलाई माहामात्य भनिन्थ्यो ।
नेपालमा बजेट प्रणाली वि.स. २००८ देखि शुरु भयो ।
राणाकालको ‘मुन्सीखाना’ ले परराष्ट्र मन्त्रालय सम्बन्धि काम गर्दथ्यो ।
पशुपतिनाथको मन्दिरमा भट्ट पूजारी राख्ने चलन यक्ष मल्लले चलाए ।
पशुपतिनाथलाई राजमान्यता दिने राजा अंशुवर्मा हुन् ।
कुमारी बनाई पूजा गर्ने चलन गुणकामदेवले चलाए ।
पशुपतिको हालको मूर्ति जयसिंहदेव राजाले वि.स.१२७१ मा बनाउन लगाए ।
नेपालको प्रथम शिक्षा मन्त्री नृपजंग राणा हुन् ।
काठमाण्डौ र ललितपुर जिल्ला जोड्ने बागमती नदी माथिको पुल भिमसेन थापाले बनाउन लगाए ।
“The Rising Nepal” नामक अंगे्रजी पत्रिकाको प्रकाशन वि.स.२०२२ देखि भयो ।
गोरखापत्रको प्रथम सम्पादक पण्डित नरदेव पाण्डे हुन् ।
गोरखापत्रको प्रथम सम्पादक पण्डित नरदेव पाण्डे हुन् ।
गौतम बुद्धले सर्बप्रथम उपदेश दिएको स्थान सारनाथ हो ।
नेपाली भाषामा लेखिएको प्रथम पुस्तक अक्षराङ्क (जय पृथ्वीबहादुर सिंहद्धारा लिखित) हो ।
उपत्यकाको विभाजन पछि काठमाण्डौमा प्रथम राजा रत्न मल्ल भए ।
पाटनको अन्तिम मल्ल राजा तेजनरसिंह मल्ल हुन् ।
उपत्यकाको विभाजन पछि भक्तपुरका प्रथम राजा राय मल्ल हुन् ।
उपत्यकाको विभाजन पछि पाटनका प्रथम राजा रण मल्ल हुन ।
काठमाण्डौमा अन्तिम मल्ल राजा जय प्रकाश मल्ल हुन् ।
भक्तपुरको अन्तिम मल्ल राजा रणजित मल्ल हुन् ।
लखन थापाले गोरखा जिल्लामा विद्रोह गरेका थिए ।
बेलायतमा राजदुताबास श्री ३ जुद्ध शमशेरले खोलेका थिएँ ।
राणाकालमा प्रधानमन्त्रीको कार्यालयलाई खड्ग निसानी भनिन्थ्यो ।
बलभद्र कुवरको निधन अफगानस्थानमा भयो ।
न्याय नपाए गोरखा जानु भनेझै विद्या हराए वनारस (काशी) जानु भनिन्छ ।
त्रयी शासन नेपालको इतिहासमा श्री ५ गीर्वाणयुद्ध विक्रम शाहको पालामा चलेको थियो ।
सुगौली सन्धी नेपाल र भारत देश बिच भएको सन्धी हो ।
केरुङ्ग सन्धीमा तिब्बतका तर्फबाट हस्ताक्षर गर्ने व्याक्ति साकिया लामा हुन् ।
सिहंदरबारमा वि.सं. २०३० असार २५ मा आगलागी भयो ।
साँखुको बज्रयोगीनीको रथयात्राको प्रारम्भ सुर्य राजाले गरेका हुन् ।
सेन वंशका संस्थापक राजा रुद्र सेन (पाल्पाका राजा) हुन् ।
धेरै बर्ष शासन गर्ने शाह वशींय राजा श्री ५ त्रिभुवन हुन् ।
तान्त्रिक बलले तुलजा भवानीसंग पासा खेल्ने राजा जगत ज्योती मल्ल हुन् ।
नागर्जुनको डाँडामा फेला परेको काल भैरवको मूर्तिलाई हनुमान ढोका अगाडि स्थापना गर्ने राजा प्रताप मल्ल हुन् ।
नेपाल इन्टरपोलको सदश्य वि.स. २०२४ मा बन्यो ।
“नेपाल दरबारमा कसैको पनि विवेक नहोस्” यो श्राप दिने काजी भीम मल्लकी पत्नी हुन् ।
नेपालको प्रथम दैनिक पत्रिका आवाजका प्रथम सम्पादक सिद्धिचरण श्रेष्ठ हुन् ।
नेपालको सरकारी अड्डाखानामा सर्वप्रथम निजामति कर्मचारीद्धारा हड्ताल वि.स. २००९ साल जेष्ठ १९ गते भयो ।
नेपालको प्रथम हुलाक टिकटको मूल्य २ पैसा थियो ।
कोसी सम्झौता मातृका प्रसाद कोइरालाको पालामा २०११ बैसाख १२ मा भयो ।
खस राज्यको स्थापना नाग राजाले गरे ।
खस राज्यको स्थापना नाग राजाले गरे ।
धेरै बर्ष शासन गर्ने प्रधानमन्त्री भीमसेन थापा हुन् ।
पृथ्वीनारायण शाहको मावली पाल्पामा थियो ।
नेपालको दोस्रो गौतम बुद्ध भनेर जय पृथ्वी बहादुर सिंहलाई चिनिन्छ ।
नेपालमा अड्डाखानामा सर्वप्रथम श्रेस्ता प्रणालिको ढाचा प्रयोगमा ल्याउने सरदार गुणवत हुन् ।
जुम्ला राज्यका प्रथम राजा वलि हुन भने अन्तिम राजा सुर्यमान शाह हुन् ।
काजी कालु पाडेँ कीर्तिपुरको लडाइमा मारिए ।
हनुमान ढोकाभित्र नासाल चोक छ भने तुसाहिटी चोक पाटनदरबारमा पर्दछ ।
धर्मकचहरीको स्थापना जङ्गबहादुर राणाले गरेका हुन् ।
बुढानिलकण्ठको स्थापना गर्ने राजा विष्णु मल्ल हुन् ।
“म राष्ट्रको नोकर हुँ” यो भनाई पद्म शम्सेरको हो ।
भक्तपुर दरबारलाई पर्खाल लगाई घेर्ने राजा यक्ष मल्ल हुन् ।
लिच्छविकालमा जागीर तथा तलव दिने सरकारी कार्यालयलाई वृत्ति अधिकरण भनिन्थ्यो ।
नेपालमा औधोगिक निति सन् १९५८ देखि सुरु भयो ।
पृथ्वीनारायण शाहको पहिलो विहे मकवानपुर जिल्लामा भएको थियो ।
नेपालमा प्रथम जनगरणा वि.स. १९६८ सालमा भएको थियो ।
नेपालको सबैभन्दा पुरानो गैर सरकारी संस्था कामधेनु चर्खा हो ।
सुगौली सन्धीमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्याक्ति गजराज मिश्र र चन्द्रशेखर उपाध्याय हुन् ।
कुच बिहारबाट डोला झिकाई विहे गर्ने राजा प्रताप मल्ल हुन् ।
कार्यक्रम बजेट वि.स.२०२६ साल देखि लागू भयो ।
सुगौली सन्धी हुदाँ नेपालको राजा श्री ५ गीर्वाणयुद्ध विक्रम शाह थिए ।
काठमाण्डौ स्थित सुन्धाराको निर्माण वि.स. १८८५ सालमा भएको थियो ।
पर्यटन मन्त्रालयको स्थापना वि.स.२०३३ सालमा भयो ।
विकास र साधारण बजेट भनि आर्थिक बर्ष २०१३/२०१४ देखि छुट्याइयो ।
चिया विकास निगमको स्थापना वि.स.२०२२ साल असोज २३ गते भएको थियो ।
नेपालको पहिलो रेल सेवा रक्सौल देखि अमलेखगञ्जसम्मको थियो ।
नेपालको पहिलो रेल सेवा रक्सौल देखि अमलेखगञ्जसम्मको थियो ।
ग्रोबर नामक पादरी प्रताप मल्ल राजाको पालामा नेपाल आएका थिएँ ।
टुडिखेल स्थीत भद्रकाली (लुमडिदेवी) को स्थापना गुणकामदेवले गरेका थिए ।
१२ बजे तोप पड्काउने चलन वि.स.२०४५ साल बैशाख १ गते देखि बन्द भयो ।
प्रथम महालेखा परीक्षकको नाम चन्द्र बहादुर थापा हो ।
मोहन आकाशवाणीको स्थापना वि.स.२००६ सालमा भएको हो ।
नेपालको इतिहासमा प्रथम महिला शासक नायक देवीलाई मानिन्छ ।
लिच्छविकालमा कर (राजस्व) उठाउने काम कुथेर अधिकरण अड्डाले गर्दथ्यो ।
वास्तुकलाको विकास मल्ल कालमा भयो ।
भिमशेन स्तम्भ (धरहरा) को निर्माण श्री ५ राजेन्द्रको पालामा भएको थियो ।
बौद्ध धर्म अनुशार सर्व देवालय भन्नाले चैत्यलाई बुझिन्छ ।
‘स्वर्ण मुद्रा’ लिच्छविकालमा प्रचलित थियो ।
नेपालको राजधानी श्री ५ गीर्वाणयुद्ध विक्रम शाह को पालामा नुवाकोटमा सारिएको थियो ।
श्री ५ त्रिभुवनको पालामा ६ जना प्रधानमन्त्री भएका थिए ।
“शीतल निवास” को निर्माण कृष्ण शमशेरले गरेका हुन् ।
नेपालको पहिलो मुलुकी ऐन वि.स.१९१० सालमा भएको थियो ।
नेपालको राजधानी नुवाकोटमा सार्ने व्याक्ति दामोदर पाण्डे हुन् ।
चौकोट दरबार ललितपुरमा पर्दछ ।
सदाशीव चोक भक्तपुरमा पर्दछ ।
नेपालमा हालसम्म भेटिएको सबैभन्दा पुरानो मुर्ति विरुपाक्षको हो ।
प्राथामिक शिक्षा निःशुल्क गर्ने घोषणा वि.स.२०३१ सालमा भयो ।
सर्वोच्च अदालतको स्थापना वि.सं.२०१३ सालमा भयो ।
वीर अस्पतालको निर्माण वीर शमशेरले गराएका हुन् ।
युवराजधिराज घोषणा गर्ने चलन अंशुवर्माले चलाए ।
नेपालमा दास प्रथाको उन्मुलन चन्द्र शमसेरले गरेँ ।
अशुंवर्मालाई महासामन्तको उपाधि दिने राजा शिवदेव प्रथम हुन् ।
सबैले खाएपछि खाने राजा महीन्द्र मल्ल हुन् ।
नेपालको औद्योगिक विकाश निगमको स्थापना वि.स.२०१६ मा भयो ।
राजा गुणकामदेवको अर्को नाम लक्ष्मी कामदेव हो ।
मञ्जुश्रीले नागदह काटेर बनाएको बाटोलाई चक्रतीर्थ भनिन्छ ।
मुक्तिनाथ नजिकको रानीपौवाको मन्दिर सुवर्ण प्रभा राजाले बनाए ।
नेपालमा कागजी नोटको प्रकाशन सदर मुलुकी खानाबाट शुरु भयो ।
नेपालमा सर्वप्रथम खुलेको बिदेशी बैंक नेपाल अरब बैंक हो ।
भक्ति थापाको मृत्यु देउथलको युद्धमा भयो ।
श्री ५ पृथ्वीनारायण शाहको मीतको नाम वीरनारायण सिहं मल्ल हुन् ।
सर्व प्रथम युरोप पुग्ने राजा श्री ५ त्रिभुवन हुन् ।
“Father of School" पद्म शमशेरलाई भनिन्छ ।
‘The Living Lion of Nepal' भनेर अमरसिंह थापालाई चिनिन्छ ।
पृथ्वीनारायण शाहले १८०१ मा नुवाकोट विजय गरे भने कान्तिपुर शहर वि.स.
१८२५ मा बिजय गरे ।
१८२५ मा बिजय गरे ।
नेपालमा बम बहादुर राणाको पालादेखी पात्रोको प्रचलन भित्रियो ।
नेपालमा सति प्रथाको अन्त्य वि.सं. १९७७ मा भयो ।
समसुद्दीन इलियासले नेपालमा व्यापक आक्रमण वि.सं. १४०६ मा आक्रमण गरे ।
इन्द्र जात्राको दिन पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गरे ।
जंगबहादुरको आमाको नाम रक्षा ठकुरी हो ।
हनुमान ढोका दरवारको पुरानो नाम नोल्छे दरबार थियो ।
बाबुराम आचार्यलाई इतिहासको बोल्ने ठेली भनिन्छ ।
कान्तिपुर शहरको स्थापना गुण कामदेवले गरेका हुन् ।
पृथ्वीनारायण शाहको मृत्यु वि.सं. १८३१ माघ १ गते भयो ।
राजा रत्न मल्लको पालामा नेपालमा मुसलमानहरु भित्रिएका थिए ।
“गन्थ शब्द विद्या” का लेखक अशुंवर्मा हुन् ।
शाहवंशीय राजामा सबभन्दा कम उमेरमा मर्ने राजा गीर्वाणयुद्ध विक्रम शाह हुन् ।
सबैभन्दा कम उमेरमा राष्ट्रिय पञ्चालयतका अध्यक्ष हुने व्याक्ति राजेश्वर देवकोटा हुन् ।
नेपालको इतिहासमा आफ्नो पनातीलाई राजगद्दीमा बसेको देख्ने राजा श्री ५ राजेन्द्र विक्रम शाह हुन् ।
मन्दक्रान्ता छन्दमा १७ अक्षर हुन्छन् ।
धोवीको हातको पानी चलाउने राजा लक्ष्मीनरसिंह मल्ल हुन् ।
सुगौली सन्धीमा अङ्ग्रेजको तर्फबाट हस्ताक्षर गर्ने व्याक्ति जनरल मेजर ब्राड शा हुन् ।
लिच्छविकालमा प्रधानसेनापतिलाई महाबलाध्यक्ष भनिन्थ्यो ।
अंशुवर्मा राजाले हिन्दु र बौद्ध दुबै धर्म मान्दथे ।
(भिडियो सहित हेर्नको लागि कृपया तलका लिकंमा क्लीक गर्नुहोला ।)
https://youtu.be/GHqxnswqLjE
https://youtu.be/GHqxnswqLjE
Thank you sir.
ReplyDelete