वास्तविक धोका कसलाई भयो ?


एउटा शहरमा एकजना एकदम गरीब मजदुर थियो तर उ मनको धनि थियो ।उसको एउटी एकदम प्यारी छोरी थिई । जो आफ्नो बुबालाई धेरै माया गर्थी र बुबा पनि उसलाई आफूभन्दा बढी माया गर्दथ्यो । उसको हरेक इच्छा पुरा गर्दिन्थ्यो । चाहे उसलाई जति पनि मजदुरी गर्न परोस् । बिस्तारै बिस्तारै दिन बित्दै गयो र छोरी पनि तरुनी भइ सकेकी थिई । उसको छोरीको बच्चै देखि डक्टर बन्ने सपना थियो । र उसको बुबा उसलाई सधै हौसला दिन्थ्यो तिमी ठूली भएपछि एकदिन अवश्य डक्टर बन्ने छ्यौ । छोरीले १२ कक्षाको परीक्षा दिएकी थिई बुबा मजदुरी गर्न गएको थियो छोरीको १२ कक्षाको नतिजा आयो । उ पुरै जिल्लामा प्रथम श्रेणीमा आइछ । बेलुका उसको बुबा घरमा आए छोरीले तुरन्त आफ्नो बुबालाई रिजल्ट देखाइन । यो थाहा पाएपछि उसको बुबाको खुसीको सीमानै रहेन । उसले आफ्नी छोरीलाई भन्यो छोरी आज तिमीले जे माग्ने छ्यौ म तिमीलाई जसरी भएपनि ल्याएर दिनेछु । भन तिमीलाई के चाहियो ? बुबा आज मैले बजारमा २ हजार रुपैया पर्ने एउटा अत्यन्त राम्रो शुट देखेकी थिएँ, त्यो किन्दीनुस् । उसको बुबाले आफ्नो सबै पैसा गन्दा खेरी ३०० रुपैया कम निस्कीयो । तर उसले जसोतसो गरी छोरीलाई नभनिकन त्यो शुट ल्याइदियो । आज तिनिहरुको बुबा छोरी धेरै खुसी थिए । तर उसकी श्रीमती दुखी थिइन र उनले सोधिन तपाईले यत्रो पैसा कहाबाट ल्याउनु भयो ? मजदुरले भन्यो मैले पहिल्यै देखि अलिअलि पैसा जम्मा गरेको थिएँ । थोरै पैसा कम थियो मैले आफनो रगत बेचिदिएँ ।
केही दिन पछि छोरीको मेडिकल कलेजमा नाम पनि निस्कीयो र २ लाख रुपैयाको आवश्यक पर्यो । मजदुर एकदम तनावमा पर्यो । उसले कहाबाट ल्याउने तेत्रो पैसा केहीपनि सोच्नै सकेन् । पछि फेरी उसले २ लाख रुपैयाको पनि बन्दोबस्त गरिदियो । उसकी श्रीमतिले फेरी सोधिन तपाईले यती धेरै पैसा कहाबाट ल्याउनु भयो ? कहाबाट चोर्नु भयो ? मजदुरले भन्यो मैले जसलाई आफ्नो रगत बेचेको थिएँ उसको दुबै मृगौला बिग्रीएको रहेछ मैले उसलाई आफ्नो एउटा मृगौला बेचिदिएँ ।

दिन बित्दै गयो । छोरीको मेडिकल कलेज पढाइको अन्तिम समय थियो । आज सबै खुसी थिए किनभने आज उसकी छोरी डक्टर बनेर घर आउदै छिन् । तर तर छोरीको ठाउमा छोरीको लास घरमा आयो छोरीले आत्माहत्या गरेकी थिई । किनभने उसको प्रेमी जसलाई उसले धेरै माया गर्थि उसले उसलाई धोका दिएको थियो । यो थाहा पाएपछि उसको बुबाले पनि प्राण त्याग गरे ।

हजुरहरुको नजरमा बास्तविक धोका कसलाई भयो छोरीलाई कि उसको बुबालाई ? प्रेम गर्नु कुनै नराम्रो कुरा हैन तर प्रेमको चक्करमा आफ्नो पहिलो माया वा आफ्नो आमाबुबाको माया कहिलै नभुल्नुस् ।  


Comments

Post a Comment

Popular posts from this blog

उनी मलाई नै नियालीरहेकी होलिन् ।