नेपालको इतिहास सम्बन्धि सामान्य ज्ञान-भाग १ ================================== लिच्छविकालमा प्रधानमन्त्रीलाई माहामात्य भनिन्थ्यो । नेपालमा बजेट प्रणाली वि.स. २००८ देखि शुरु भयो । राणाकालको ‘मुन्सीखाना’ ले परराष्ट्र मन्त्रालय सम्बन्धि काम गर्दथ्यो । पशुपतिनाथको मन्दिरमा भट्ट पूजारी राख्ने चलन यक्ष मल्लले चलाए । पशुपतिनाथलाई राजमान्यता दिने राजा अंशुवर्मा हुन् । कुमारी बनाई पूजा गर्ने चलन गुणकामदेवले चलाए । पशुपतिको हालको मूर्ति जयसिंहदेव राजाले वि.स.१२७१ मा बनाउन लगाए । नेपालको प्रथम शिक्षा मन्त्री नृपजंग राणा हुन् । काठमाण्डौ र ललितपुर जिल्ला जोड्ने बागमती नदी माथिको पुल भिमसेन थापाले बनाउन लगाए । “The Rising Nepal” नामक अंगे्रजी पत्रिकाको प्रकाशन वि.स.२०२२ देखि भयो । गोरखापत्रको प्रथम सम्पादक पण्डित नरदेव पाण्डे हुन् । गौतम बुद्धले सर्बप्रथम उपदेश दिएको स्थान सारनाथ हो । नेपाली भाषामा लेखिएको प्रथम पुस्तक अक्षराङ्क (जय पृथ्वीबहादुर सिंहद्धारा लिखित) हो । उपत्यकाको विभाजन पछि काठमाण्डौमा प्रथम राजा रत्न मल्ल भए । पाटनको अन्तिम मल्ल राजा तेजनरसिंह मल्ल हुन् ...
Popular posts from this blog
उनी मलाई नै नियालीरहेकी होलिन् ।
उनी मलाई नै नियालीरहेकी होलिन् । हाम्रो कलेजमा नयाँ भर्ना मात्र खुलेको थियो भर्खरै SLC पास गरेर मात्र कलेजको प्राङगणमा हाम्रो नयाँ जीवन तथा भविश्यको नयाँ खुड्किलो चढ्ने बेला भएको थियो । कलेज इन्ट्रीको सुरु सुरुमा नयाँ नौलो र अनौठो अनुभव नयाँ साथीहरु र नयाँ बिचार तथा नयाँ वातावरणले मनमा अनेक कुराहरु खेलिरहेका हुन्थे । बिस्तारै बिस्तारै कलेजको वातावरण कलेजका साथीहरुसंग मेरो राम्रो धुलमिल बढ्दै गइरहेको थियो । मनमा कता कता छुट्टै अनुभव तथा रमाइलो पन पनि बढ्दै गएको थियो साहेद SLC को राम्रो नतिजा तथा घर परीवारबाट पाएँको प्रोत्साहनले गर्दा होला मन अत्यन्तै प्रफुल्लीत भएको थियो । एक दिनको कुरा हो , म कलेजको प्राङगणमा साथीहरुसंग घाम तापेर बसीरहेको थिएँ । त्यसै क्रममा मेरो नजर सेक्सन ‘D’ को झ्यालतिर पुग्यो त्यो झ्यालमा मैले अत्यन्त राम्री साथी देखेँ आफू सेक्सन ‘F’ को थिएँ । जब मैले उनलाई देखे मेरो मन उनीतिर मात्र गइरह्यो । खै मेरो मन तन किन उनीतिर मात्र गइरहेको थियो म आ...
वास्तविक धोका कसलाई भयो ?
एउटा शहरमा एकजना एकदम गरीब मजदुर थियो तर उ मनको धनि थियो ।उसको एउटी एकदम प्यारी छोरी थिई । जो आफ्नो बुबालाई धेरै माया गर्थी र बुबा पनि उसलाई आफूभन्दा बढी माया गर्दथ्यो । उसको हरेक इच्छा पुरा गर्दिन्थ्यो । चाहे उसलाई जति पनि मजदुरी गर्न परोस् । बिस्तारै बिस्तारै दिन बित्दै गयो र छोरी पनि तरुनी भइ सकेकी थिई । उसको छोरीको बच्चै देखि डक्टर बन्ने सपना थियो । र उसको बुबा उसलाई सधै हौसला दिन्थ्यो तिमी ठूली भएपछि एकदिन अवश्य डक्टर बन्ने छ्यौ । छोरीले १२ कक्षाको परीक्षा दिएकी थिई बुबा मजदुरी गर्न गएको थियो छोरीको १२ कक्षाको नतिजा आयो । उ पुरै जिल्लामा प्रथम श्रेणीमा आइछ । बेलुका उसको बुबा घरमा आए छोरीले तुरन्त आफ्नो बुबालाई रिजल्ट देखाइन । यो थाहा पाएपछि उसको बुबाको खुसीको सीमानै रहेन । उसले आफ्नी छोरीलाई भन्यो छोरी आज तिमीले जे माग्ने छ्यौ म तिमीलाई जसरी भएपनि ल्याएर दिनेछु । भन तिमीलाई के चाहियो ? बुबा आज मैले बजारमा २ हजार रुपैया पर्ने एउटा अत्यन्त राम्रो शुट देखेकी थिएँ , त्यो किन्दीनुस् । उसको बुबाले आफ्नो सबै पैसा गन्दा खेरी ३०० रुपैया कम निस्कीयो । तर उसले जसोतसो गरी छोरीलाई नभनिक...
Comments
Post a Comment